विश्वप्रकाश शर्माको कार्यक्रम ऐना बुधबारदेखि प्रसारण हुँदै

काठमाडौँ । माघ ७ गते बुधबारदेखि वहु प्रितक्षित टेलिभिजन शो ‘ऐना’ प्रशारण हुने भएको छ। विश्वप्रकाश शर्माले स‌‌चालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भएपनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ।

सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै ब्यापक र खोजमुलक हुने निर्माण कम्पनिले जनाएको छ।

Advertisement

टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ।

दिहोराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गतकार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो । कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो।

देशकाविभिन्न स्थानमापुगेर सामाजिक सवाल माथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरीकुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमाकार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनिको परिसरमा भब्य छायंकन सेट निर्माण गरेको छ।

कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा थिस्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ।

विदेशमा यस्ता खालकाविषयबस्तुहरुमासिमित टेलिभिजनशोहरु भएतापनि नेपालमाभने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमाहालसम्मकै ठुलो टेलिभिजनशो हुने ऐनाकाप्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे।

‘ऐना’को ’प्रोजेक्ट हेड’मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रतापअधिकारी, प्रोड्युसरमा जनकपौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विकागिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ। पुरा कार्यक्रम यो लिंकमा हेर्न सकिन्छ।

More News last news
Loading...