काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५१ प्रतिशत लाभांश पारित गर्न माघ २८ गते वार्षिक साधारणसभा डाकेको छ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ३१ प्रतिशत सेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट दुई जना सञ्चालक पनि चयन गर्ने छ। अर्को महत्वपूर्ण एजेण्डा पनि कम्पनीले साधारणसभा लैजाँदैछ।
कम्पनीको प्रति सेयर मूल्य १०० रुपैयाँ रहेकोमा यसलाई परिवर्तन गरी अंकित मूल्य ५० रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको हो। यो प्रस्ताव सम्बन्धित नियामक निकायबाट स्वीकृत भएमा मात्र लागू हुनेछ।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब ५ अर्ब ५० करोड रहेको चुक्ता पुँजी लाभांश वितरण पश्चात ७ अर्ब १९ करोड हुनेछ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र सेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्तसम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
