पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्धमा चौतर्फी विरोधमा उत्रन सहसंयोजक तामाङको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए पछि अनेरास्ववियूले आपत्ती जनाएको छ।

अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय निन्दनिय र भर्त्सना योग्य भएको बताए।

Advertisement

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्धमा चौतर्फि बिरोधमा उत्रन अनेरास्ववियूका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्।

निगम पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो। र पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ।

यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ।

More News last news
Loading...