काठमाडौँ । आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समिति र सरकारी टोलीबीच १९ बुँदे सम्झौता भएको छ। स्वास्थ्यकर्मीहरुले उठाउँदै आएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएपछि सम्झौता भएको हो।
आइतबार बेलुकी १९ बुँदे सम्झौता भएपछि स्वास्थ्यकर्मीहरुले संघर्षका कार्यक्रम स्थगित गरेका छन्। सम्झौतामा स्वास्थ्यकर्मीहरुलाई कोभिड-१९ लगायत अन्य जटिल रोगको उपचारसहित सेवासुविधा बढाउन सरकार सहमत भएको छ।
साथै कोरोनाका कारण स्वास्थ्यकर्मीको ज्यान गएमा सरकारले क्षतिपूर्तिस्वरुप रु २५ लाखसम्म उपलब्ध गराउने सहमति भएको छ।
सम्झौतामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी कार्यमा संलग्न जनशक्तिहरुलाई मृत्युपश्चात् दिइने २५ लाख बराबरको क्षतिपूर्ति सहज रुपले दिने व्यवस्था मिलाउने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
