तोकिएकै समयमा आयकर बुझाउन सरकारको ताकेता

काठमाडौँ । सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ। कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए।

तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो।

Advertisement

आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७–७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ।

पुस मसान्तभित्रै ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर कर बुझाउन ताकेता गरिएको छ। तोकिएको समयमा कर नबुझाएमा ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने समेत विभागले जनाएको छ।

यसअघि उद्योग-वाणिज्यसँग सम्बन्धित संघ संस्थाले अर्थमन्त्रीलाई नै भेटी आयकरको किस्ता बुझाउने समयमा सहुलियत दिन माग गरेका थिए। सरकारले भने उद्योग-धन्दा निर्वाध सूचारु भएको भन्दै कर तिर्नुपर्ने तर्क गर्दै आएको छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा लक्ष्यको करवि करीव नजिक राजस्व उठिरहेको छ। यो वर्ष वस्तु आयातमा ठूलो अन्तर नआएका कारण भन्सार राजस्व लक्ष्यको नजिक छ।

More News last news
Loading...