माघदेखि पेट्रोलियम पदार्थमा ५० पैसा अतिरिक्त शुल्क लाग्ने

काठमाडौं । पेट्रोलियम पदार्थ बिक्रेताहरुको संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले माघ एक गतेदेखि उपभोक्ताबाट मूल्यमा थप ५० पैसा शुल्क बढी लिने निर्णय गरेको छ।

कमिसन बढाउन आयल निगमलाई पटक–पटक आग्रह गरिएपनि कमिसन वृद्धिको निर्णय नगरिएपछि माघ एक गतेबाट लागू हुने गरी उपभोक्ताबाटै प्रतिलिटर ५० पैसाका दरले अतिरिक्त रकम असुल गर्ने निर्णय गरिएको एशोसिएसनले जनाएको छ।

Advertisement

मासिक ६१ हजार लिटर देखि एक लाख २० हजार लिटर इन्धन बिक्री गर्ने न्यूनस्तरका व्यावसायीलाई पेट्रोलमा ३.३९ प्रतिशत र डिजेलमा ३.१२ प्रतिशत कमिसन बढाउनुपर्ने व्यवसायीहरुको माग छ।

१ लाख २० हजार देखि १ लाख ८० हजार लिटर मासिक बिक्री गर्ने मध्यमस्तरका व्यवसायीलाई पेट्रोलमा ३.४० र डिजेलमा ३।१२ प्रतिशतले कमिसन बढाउनुपर्ने एसोसियसनको माग छ।

हरेक दुई वर्षमा व्यवसायीहरुको कमिसन वृद्धि गर्नु पर्नेमा निगमकै सहभागितामा गठित अध्ययन कार्यदलले समेत गरेको सिफारिस लत्याइएको व्यवसायीहरुको आरोप छ।

माघ एक गतेदेखि उपभोक्ताबाट थप शुल्क असुल्दा उत्पन्न हुने असहज स्थितिको जिम्मा निगमले लिनुपर्ने पनि एशोसिएसनले जनाएको छ।

More News last news
Loading...