काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको भाउ घटेको छ।
आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै हिजो चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
