काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन्।
महासंघको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन्।
एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्।
साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए। नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो।
मुलुकको संघीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासंईका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्लारनगर संघको अलावा एसोसिएट सदस्य तथा वस्तुगत संघहरु यस महासंघमा आबद्ध छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
