तातोपानी नाका केही समयका लागि पुनः बन्द हुने

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख नाका तातोपानी नाका फेरि बन्द हुने भएको छ। भूकम्पपछि अस्थिर रहेको यो नाका जोड्ने मितेरी पुलमा क्षति पुगेकाले फेरि बन्द हुन लागेको जनाइएको छ।

भोटेकोशी नदीमा बर्खाको बाढीका कारण पुलको जगमा क्षति पुगेको छ। पुल मर्मत नगरे दुर्घटना निम्तिन सक्ने सम्भावित खतरा भएकाले जाङ्बु प्रशासनले नाका बन्द गर्ने भएको हो। पुल मर्मतका लागि कम्तीमा २० दिन लाग्नेछ। पुल मर्मतका लागि आउँदो २० जनवरीदेखि नाका बन्द गरिनेछ।

Advertisement

बाढीले मितेरी पुल जगको दायाँ–बायाँ क्षति पुर्‍याएकाले मर्मतका लागि नाका बन्द गरिने जानकारी जाङ्मुपोर्ट म्यानेजमेन्ट कमिटीले व्यापारिक सङ्घ-संस्था र कम्पनीलाई सूचित गरेको छ । तर अझै आधिकारिक रूपमा जानकारी नआएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पुल बनाउने कुरा सुन्नमा आए पनि नाका बन्द हुने बारे आधिकारिक खबर नपाएको बताए।

More News last news
Loading...