मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित

एजेन्सी । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा पुनरागमन जित निकालेको छ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। बिल्बाओको मैदानमा कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले पुनरागमन जित निकालेको हो।

Advertisement

खेलको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए। तर, खेलको १४औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १(१ गोलको बराबरीमा फर्काए।

३८औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। दोस्रो हाफको ६२औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ३-१ ले अघि रह्यो।

त्यसपछि खेलको ९०औं मिनेटमा बिल्बाओका इकर मुनियनले एक गोल फर्काएपनि बार्सिलोना ३-२ ले विजयी भयो।

बिल्बाओलाई हराएसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले १७ खेलमा ३१ अंक जोडेको छ। बिल्बाओ २१ अंक जोडेर नवौं स्थानमा रहेको छ।

More News last news
Loading...