आज बढ्यो सुनको भाउ ? हेर्नुहोस् कति पुग्यो ?

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात सोमबार सुनको भाउ बढेको छ।

आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला भाउ ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...