काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री राईका कट्टर आलोचक भनेर चिनिएका इन्द्रबहादुर आङ्बोलाई राईले हटाएका हुन् ।
आफूलाई हटाउनका लागि हस्ताक्षर जुटाएको थाहा पाएपछि आङ्बोलाई बर्खास्त गरेको मुख्यमन्त्री राईले हामीलाई जानकारी दिए ।
केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको असर प्रदेशसभामा देखिन थालेको छ ।
वाग्मती प्रदेशमा नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिसकेको छ।
प्रदेश १ मा पनि मुख्यमन्त्री राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने प्रचण्ड नेपाल पक्षको तयारी रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
