६० प्रतिशतले बढ्यो ग्रीलजन्य फलामको मूल्य

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको बताएका छन्।

व्यवसायीहरुको छाता संगठन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रीलजन्य फलामको मूल्य अत्याधिक, अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन्।

Advertisement

जसका कारण व्यवसाय नै धरासायी हुने स्थितिमा पुग्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष मोहन कटुवालले कोभिड–१९ को कारण बन्द भएर मारमा परेका उद्योगहरु बिस्तारै सञ्चालनमा आउन नपाउँदै ग्रीलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रितरुपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको बताए।

अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा भएको वृद्धिभन्दा नेपाली बजारमा दोब्बर मूल्य बढेको उहाँको भनाइ छ।

केही सीमित उद्योगीको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको पनि अध्यक्ष कटुवालले बताए। ग्रील जन्य फलामको मूल्य अस्वभाविक रुपमा बढ्दा कोरोनाको सङ्क्रमणका कारण प्रभावित आम-उपभोक्तासमेत मारमा परेको अध्यक्ष कटुवालले बताए।

यसबाट देशभरि सञ्चालित ११ हजारभन्दा बढी ग्रील उद्योग बन्द हुने जोखिममा रहेको पनि उनले बताए। यस्तै करिब १ लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने पनि अध्यक्ष कटुवालले बताए।

More News last news
Loading...