काठमाडौँ । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि दबाब सृजना गर्न राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौँले भोलि शनिबार राजधानीमा बृहत मोटरसाइकल र्याली गर्ने भएको छ।
संगठनको काठमाण्डौ अध्यक्ष रिद्धि प्रताप राणाले र्याली बबरमहलबाट ११:३० मा सुरु भइ त्रिपुरेश्वर, शहिद गेट, न्यूरोड गेट, रानीपोखरी हुँदै दरबार मार्गमा पुगेर कोणसभामा परीणत हुने जानकारी दिए।
र्यालीमा राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहने राप्रपाका युवा नेता हिकमत जंग कार्कीले जानकारी दिए।
राप्रपा एवं उसका भातृ संगठनहरुले यसअघि पनि बिभिन्न जिल्लामा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका पक्षमा र्याली एवं कोणसभाको आयोजना गर्दै आएका छन।
सोही क्रममा भोली काठमाडौंमा मोटरसाइकल तथा कार र्यालीको आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केंद्रीय उपाध्यक्ष तथा युवा नेता कैलाश कटवालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
