विश्वभर ८ करोडमा फैलियो कोरोना भाइरस, साढे ५ करोड संक्रमित निको

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। यो सँगै शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ८ करोड १ लाख ९४ हजार नाघेको छ।

Advertisement

चीनको वुहानबाट सुरू भएको संक्रमण एक वर्षमा २१८ मुलुकमा पुगेको छ। यस अवधिमा विश्वभर १७ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको छ।

शनिबार बिहानसम्म कोरोना निको हुनेको संख्या ५ करोड ६४ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो।

हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ५ हजार ७९९ जना गम्भीर बिरामी छन्।

More News last news
Loading...