प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि सुरु हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ।

दाङको देउखुरीमा हुने प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भइसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जनाएको छ ।

Advertisement

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ। सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन्।

समूह ‘बी’ मा सुदूरपश्चिम, वाग्मती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन्।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

More News last news
Loading...