मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ।
प्रचण्ड–नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन्।
तीन मन्त्रीको राजीनामा
यस्तै, प्रदेश सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेसँगै तीन मन्त्रीले राजीनामा दिएका छन्।
राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल रहेका छन् ।
राजीनामा दिएका मन्त्रीसहित ४६ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
