काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाइस्कुलपछिको दोस्रो ठूलो आधुनिक विद्यालय बन्ने भएको छ।
थलीको कान्तिभैरव माध्यमिक विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो। विद्यालय भवन निर्माणका लागि भारत सरकारले झण्डै ३५ करोड रुपैयाँ विनियोजित गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनीयर अशोक अधिकारीले जानकारी दिए ।
सबै सुविधाहरुलाई व्यवस्थापन गरेर भवन निर्माण हुनेछ। भवनका लागि टेन्डर मूल्याङ्कनको काम सकिएको छ।
भारतीय दूतावासले स्वीकृति दिइसकेपछि भवन निर्माणको काम अगाडि बढ्ने उनको भनाइ छ। नेपाल सरकारसँग सम्झौता भएर विद्यालयको पुनर्निर्माणका लागि प्राधिकरणमार्फत् रकम आएको हो।
टेन्डर मूल्याङ्कनको काम सकिएको र यो महिनाभित्रैमा ठेक्का सम्झौता भएर काम सुरु हुने अधिकारीले बताए।
नयाँ निर्माण हुने आधुनिक भवनमा विद्यार्थीहरुलाई चाहिने सबै सुविधा हुनेछ। चीनले जसरी दरबार स्कुल बनाएको त्यसैअनुसार भवन बन्ने पनि अधिकारीले जानकारी दिए।
यो भारतीय सहयोगको सबैभन्दा ठूलो स्कुल हुनेछ। विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले लिफ्टसहितको आधुनिक भवन निर्माण हुन लागेको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
