काठमाडौँ । नेपाल चलचित्र संघले भोलि पुस १० गते, शुक्रबारदेखि सिनेमा हल खोल्ने तयारी गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण नौ महिनायता बन्द रहेका सिनेमा हल पूर्वघोषणा बमोजिम आउँदो शुक्रबारबाट खोल्न लागिएको चलचित्र संघका प्रतिनिधिले जनाएका छन्।
यसअघि सरकारले सहयोग नगरे आफैं हल खोल्ने चेतावनी दिएको संघले भोलिदेखि हल खोल्ने तयारी गरेको हो ।
१० गते छाया कम्प्लेक्स, लबिम मल र सिटी सेन्टरका मल्टिप्लेक्समा चलचित्र प्रदर्शन हुँदैछन् ।
उनले सो दिन हलमा नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शन गर्न लागेको समेत जानकारी दिए। सँगै दर्शकले हलिउड फिल्म ‘ब्लड सट’ र ‘इनभिजिबल म्यान’ पनि हेर्न पाउने छन्।
शर्मा र अडिगाका अनुसार सरकारले तोकेको मापदण्ड र विश्व स्वास्थ संगठनले जारी गरेको स्वास्थ्य प्रोटोकलमा रही हल खोल्ने तयारी भइरहेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
