यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ । विदेशबाट पठाएको रकम लिन तथा विदेश पैसा पठाउन दैनिक परिवर्तन हुने बिदेशी मुद्राको बिनिमय दरको बारेमा हेक्का राख्नु जरुरी हुन्छ।

आज बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य १ सय १७ रुपैयाँ ७३ पैसा तोकेको छ भने विक्रीदर १ सय १८ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।

Advertisement

त्यस्तै, राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिददर १ सय ४३रुपैयाँ ५७ पैसा तोकेको छ भने विक्रीदर १ सय ४४ रुपैयाँ ३० पैसा तोकेको छ।

युके पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ५८ रुपैयाँ ९ पैसा र विक्रीदर १ सय ५८ रुपैयाँ ८९ पैसा रहेको छ।

त्यस्तै राष्ट्र बैंककले अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र विक्रीदर ८९ रुपैयाँ ५५ पैसा तोकिएको छ।

साउदी रियालको खरिददर ३१ रुपैयाँ ३८ पैसा र विक्रीदर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ। त्यस्तै कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा र विक्रीदर ३२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

आज युएई दिरामको खरिद मूल्य ३२ रुपैयाँ ५ पैसा र विक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ। त्यस्तै राष्ट्र बैंकले मलेसियन रिङगेटको खरिद मूल्य २८ रुपैयाँ ९७ पैसा र विक्रीदर २९ रुपैयाँ १२ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केहि रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्।

यस्तो छ राष्ट्र बैँकले तोकेको विनिमयदर :

More News last news
Loading...