श्रीराम सुगर मिल्सले गर्‍यो २५ करोड भुक्तानी

काठमाडौं । रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ।

किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा रु २५ करोड तीस लाख २७ हजार ५२६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो।

Advertisement

उक्त मिल्सले आज एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार रु १६ करोड ४४ लाख ७० हजार र आइतबार रु आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ। मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम रु ३५ करोड रहेको छ। अझै मिल्सले रु १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ।

यसैगरी मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिल्सको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको रु १७ करोड बाँकी रहेको छ।

गत वर्षको पुस १८ गते सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन्।

लुम्बिनी चिनी मिल्सले आइतबारदेखि दैनिक रु एक करोडका दरले बक्यौता रकम भुक्तानी गर्ने जनाइसकेको छ।

More News last news
Loading...