काठमाडौँ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा पूर्वमाओवादी निकट र पूर्वएमाले निकटका माधव नेपाल समूहका मन्त्रीहरु रहेका छन्। आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन्।
आजै प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटनको प्रस्तावलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
