काठमाडौँ । फिफाको वर्ष २०२० को ‘द बेष्ट’ को उपाधि रोबर्ट लेवान्दोस्कीले पाएका छन्।
उपाधि जितेसँगै लेवान्दोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चश्वलाई फेरि एक पटक तोडेका छन्।
लेवान्दोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए।
उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए भने टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन ठूलो भूमिका खेलेका थिए।
यसका साथै उनले टिमलाई घरेलु लिग बुन्डेसलिगको उपाधि जितेका थिए।
यस्तै, फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन।
उनले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन। उनले २०१९ मा पनि उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
