काठमाडौँ । आज साताको चौथो दिन अर्थात बुधबार सुनको भाउ बढेको छ।
आज छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको भाउ ९२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
