काठमाडौँ । नेपालको एक प्रतिष्ठित व्यवसायिक संस्था हिमालय अर्गनाइजेशन अन्तर्गत हिमालय मोटोराड कम्पनीले भारतको केरेला अटोमोवाइल्स लिमिटेडद्वारा निर्मित निम जि–ईलेक्ट्रिक अटो नेपाली बजारमा ल्याएको छ।
एक पटकको फूलचार्जबाट १३० किमि गुड्ने उक्त अटो आजदेखि नेपालभर विक्री वितरणको शुभारम्भ भएको छ। यस ईलेक्ट्रिक अटोको संचालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको छ भने ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ।

यो अटोलाई ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष ध्रुब थापाले बताए।
कार्यक्रममा केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधी फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए। उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ वर्ष सम्मको वारेन्टी दिनका लागि कम्पनीले काम गरिरहेको बताए।

कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरब थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० किमि प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए । कम्पनीका अनुसार निम जि, ईलेक्ट्रिक अटोको शुभारम्भ मूल्य रू ८ लाख ४९ हजार रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
