काठमाडौँ । नेपाली काँग्रेस तनहुँले आज (सोमबार) दमौलीमा विशाल विरोध सभाको आयोजना गरेको छ।
प्रमूख प्रतिपक्षी दल समेत रहेको नेपाली काँग्रेसले सरकारको मनोमानीविरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम अन्तरर्गत तनहुँले पनि शक्ति प्रदर्शन शुरु गरेको हो।

प्रदर्शनमा सयौँ व्यक्ति काँग्रेसको झण्डा लिएर सडकमा उत्रिएका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी बुल्दी पुलको उद्घाटनका क्रममा भएको धरपकड लगत्तै कांग्रेसले देशव्यापी रुपमा सो घटना तथा सरकारका गतिविधि विरुद्ध आन्दोलन घोषणा गरेको थियो।
काँग्रेसले देशका मुख्य–मुख्य शहरमा सम्बोधनको लागि नेताहरू नामावली पनि सार्वजनिक गरिसकेको छ।
अहिलेको सरकार आएपछि भ्रष्टाचार बढेको, कोरोना रोकथाममा निरीह भएको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दमन गरेको लगायत विषयमा केन्द्रित रहेर कांग्रेसले देशव्यापी प्रदर्शन शुरु गरेको हो।
प्रदर्शनका लागि तनहुँमा पार्टी केन्द्रले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा मीनेन्द्र रिजाललाई प्रतिनिधि तोकेको छ।

त्यस्तै सभापति शेरबहादुर देउवाले हेटौँडामा हुने प्रदर्शनलाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँको प्रदर्शनको नेतृत्व गर्दै छन्।
तस्वीरमा हेर्नुहोस् तनहुँको दमौलीमा काँग्रेसको शक्ति प्रदर्शन











तस्वीरः प्रेम अर्याल (नयाँपुस्ता डटकम)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
