लियोनसँगको खेलमा हार व्यहोर्ने क्रममा पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार घाइते बनेका छन्।
लियोनका थियागो मेन्डेसले खराब फल हानेपछि नेयमार घाइते बनेका हुन् । फलका लागि मेन्डेसले खेलमा रातो कार्डसमेत पाए।
निकै पीडामा देखिएका ब्राजिलियन खेलाडीलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लान परेको थियो।
अब उनको चोट कति खराब हो भनेर अस्पतालको रिपोर्टको प्रतिक्षा रहेको छ । पीएसजीका प्रशिक्षक थोमास टुचेलले उनको चोटबारे परीक्षणहरु भइरहेको जानकारी दिए।
२८ वर्षीय नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड पाउन्डमा बार्सिलोनाबाट पीएसजीसँग आबद्ध भएका हुन् ।
उनले क्लबलाई लगातार तीनवटा लिग उपाधि दिलाउनुको साथै गत सिजन च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
