तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गयो

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका वडा नम्बर ६ सुदापमा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ।

स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिकको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको ज्यान गएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले जानकारी दिए।

Advertisement

वडा नम्बर ६ की कोपिला लिम्बुका छोरीहरू ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बुकी आठ वर्षीया छोरी सुहानाको ज्यान गएको अध्यक्ष लिम्बुले जानकारी दिए।

हिजो दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको उनले बताए।

More News last news
Loading...