बझाङ । तलकोट गाउँपालिका स्थित चैनपुर–ताक्लाकोट सडकखण्डको किरकिट्या भन्ने स्थानमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी अन्य ३ जना घाइते भएका छन्।
शनिबार दिउँसो २ बजे बा ३ क ६०० नम्बरको नागार्जुन कन्स्ट्रक्सनको टिपर दुर्घटनामा परेर घाइते भएका मजदुरहरु मनोज गाहा मगर र मनोज भट्टको उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउँदै गर्दा बाटोमै मृत्यु गएको प्रहरीले जनाएको छ।
घाइते चालक गोविन्द बिष्ट, सहचालक भरत धामी र मजदुर नेत्रबहादुर अधिकारीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बिष्ट र धामीको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
