काठमाडौँ । ब्रेक फेल हुँदा थानकोटबाट कलंकी आउँदै गरेको मालबाहक ट्रक दुर्घटना भएको छ।
प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रक ब्रेक फेला हुँदा कलंकीस्थित कालिका पेट्रोल पम्प नजिकैको घरभित्र छिरेको प्रहरीले जनाएको छ।
ट्रक ठोक्किँदै घरभित्र छिर्दा ट्रकमुनि परेर एकजना २०२५ वर्षका पुरुषको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको बयोधा र सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, ट्रकले अन्य ७ वटा सवारी साधनलाई क्षति पुर्याएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
