काठमाडौं । शनिबारदेखि सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।
भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको तयारी पूरा भएको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका हुन्।
चार दिनसम्म हुने प्रतियोगितामा बाग्मती, नारायणी र राप्ती गरी तीन टोलीले प्रतिस्पर्धा गर्नेछन्।
बाग्मतीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नारायणीको कप्तानी पूर्व कप्तान पारस खड्काले गर्नेछन् । यस्तै, राप्तीको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
टी–२० फर्म्याटमा हुने प्रतियोगिता शनिबार दिउँसो ११ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । तीनवटै टोलीका खेलाडीहरु शुक्रबार चितवन पुगिसकेका छन् ।
आज साँझ मात्रै पूर्व कप्तान पारस खड्का कोरोना संक्रमित भएका छन् । उनी संक्रमित भएपनि भोलिको खेलबारे आयोजकको प्रतिक्रिया भने आउन बाँकी छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
