काठमाडौँ । लोकप्रिय गायक बुद्धिसागर बस्यालको नयाँ गीत ‘दुलहीको माया’ सार्बजनिक भएको छ।
लामो समयदेखि स्रोता दर्शकमाझ सुपरिचित गायक बस्यालले आफ्नै यूट्युब च्यानल बुद्धिसागर बस्यालमार्फत आज (शुक्रबार) पञ्चेबाजामा आधारित ‘दुलहीको माया’ सार्बजनिक गरेका हुन्।
गीतमा बिहे लगत्तै वैदेशिक रोजगारीमा जानुपर्ने तितो यथार्थ र ६ महिनापछि श्रीमतीको मायाले घर फर्किएको कथावस्तुलाई चर्चित गीतकार एकनारायण भण्डारीले टपक्क टिपेर शब्द सृजना गरेका छन्।
गायक बस्यालले संगीत भरेको गीतमा बस्याल र गायिका देवी घर्तीको सुमधुर स्वर रहेको छ।
मोडल दुर्गेश दापा र स्टु कार्की, गायक बस्याललगायत कलाकारहरुको यथार्थपरक अभिनय रहेको गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन्।
गीतमा ‘एउटै मुटु दई किनार भएर, कति बस्तु छटपटी सहेर’, कमल फुलैको छायाले, ६ महिना मै फर्किएँ मत ओ निर दुलहीको मायाले, जस्ता शब्दहरु रहेका छन्।
गायक बस्यालका बाजेका पालामा, छमछम पाउजुले, डाँफे नाचेर, बुढेस कालैमा, चस्मा लाएर लगायतका गीतहरु सर्बाधिक लोकप्रिय छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
