आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ ? हेर्नुहोस्

काठमाडौँ । हप्ताको अन्तिम दिन आज सुनचाँदीको भाउ आज स्थिर छ।

सुन आज पनि हिजो जस्तै तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

Advertisement

यसअघि अस्ति सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो। मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ थियो भने सोमबार ९२ हजार ६ सय रुपैयाँ थियो।

हप्ताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेका छ।

यस्तै, यो हप्ता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय रुपैयाँमा कारोबार भएको छ।

More News last news
Loading...