काठमाडौँ । नेपाली बजारमा साताको पाँचौ दिन अर्थात बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको थियो। हिजो तेजावी सुन प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
