भारतीय विकेटकिपर पार्थिवद्वारा संन्यास घोषणा

मुम्बई । भारतीय टिमका पूर्व विकेटकिपर पार्थिव पटेलले बुधबार सबैखाले क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन्।

भारतका लागि १७ वर्षको उमेरमा डेब्यु गर्ने अवसर पाएका पार्थिवले ट्विट गर्दै संन्यास लिएको बताएका हुन्।

Advertisement

चन्द समूहद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठ (दायाँ) को घर। यहीँबाट उनी अपहरणमा परेका थिए।

अहिले ३५ वर्ष पुगेका पार्थिवले भारतका लागि २५ टेस्ट, ३९ वान डे र दुई ट्वान्टी–ट्वान्टी खेलेका छन्। उनले भारतका लागि अन्तिम पटक सन् २०१८ मा खेलेका थिए।

त्यति बेला जोहानसबर्गमा भएको दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा उनले अन्तिम पटक मौका पाएका थिए।

उनले सन् २००२ मा इंग्ल्यान्ड भ्रमणका क्रममा भारतबाट डेब्युको अवसर पाएका थिए। उनले ट्विटमा लेखेका छन्, ‘आजदेखि मैले सबै प्रकारको क्रिकेटबाट संन्यास लिएँ, यससँगै मेरो १८ वर्षको खेलाडी जीवनमा पूर्णविराम लागेको छ। म सबैप्रति आभारी छु।’

उनले कुल १ सय ९४ पटक पहिलो श्रेणीको क्रिकेट खेलेकोमा ११ हजार २ सय ४० रन बनाएका छन्। यसमा २७ शतक सामेल छ।

इन्डियन प्रिमियर लिगमा उनले मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरका लागि खेले।

More News last news
Loading...