काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ।
ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए। उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
पछिल्लो समयम स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच सम्बन्ध बिग्रिएको छ। उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
