काठमाडौँ । बैंक अफ काठमाण्डूले बुधबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ।
बैंकले १६ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये ६ लाख ४० हजार सर्वसाधारणको लागि सार्वजनिक निष्कासन मार्फत र बाँकी रहेको ९ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघ सस्थाहरुलाई बिक्री गर्नेछ।
यो ऋणपत्र छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्म बिक्रीमा रहनेछ।
खरिद गर्न चाहनेले न्यूनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन गर्न मिल्ने बैंकले जानकारी गराएको छ । १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन तथा बिक्री हुन लागेको हो।
बिक्री प्रबन्धकका साथै आवेदकले सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने बैंकले जनाएको छ।
यस्तै सानिमा बैंकलले पुुस १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।
बैंकले १६ लाख सर्वसाधारणको लागि र बाँकी रहेको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
