खोटाङ । लकडाउनसँगै दर्शनार्थीका लागि बन्द गरिएको हलेसी मन्दिर खुला गरिएको छ।
हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईका अनुसार ९ महिनादेखि बन्द मन्दिर मंगलबारदेखि खुला गरिएको हो।
‘कोरोना संक्रमण फैलिने सम्भावनालाई मध्यनजर गर्दै मन्दिर प्रवेशमा रोक लगाइएको थियो,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी तीर्थालुका लागि मन्दिर प्रवेश खुला गरिएको हो।’
उनका अनुसार मन्दिर दर्शन गर्न एक पटकमा मूल गेटबाट १० जनालाई मात्र प्रवेश गराइनेछ।
हलेसी महादेवस्थान विकास समितिले भने नगरपालिकाले हस्तक्षेप गरेर मन्दिर खुला गरेको आरोप लगाएको छ। समिति निर्देशक समर भुजेलले भने, ‘क्षेत्राधिकार मिचेर नगरपालिकाले सूचना जारी गरेको छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
