काठमाडौँ । नेपाली बजारमा साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९३ हजार ६१५० रुपैयाँमा कारोबार भइरहेको थियो। हिजो तेजावी सुन प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
