काठमाडौँ । लोक सेवा आयोगको वेबसाइट ह्याक गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
साइबर ब्यूरोले वेब साइड ह्याक गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गरेको आरोपमा ३ जनालाई काठमाडौं र पोखराबाट पक्राउ गरेको जानकारी दिएको हो।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोर रेहेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताए।
ब्युरोले उनीहरुलाई पक्राउ गर्नका लागि ‘ह्याकर्स हन्ट’ नामक अपरेशन सञ्चालन गरेको एसएसपी अर्यालले बताए।
लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
