दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दार्चुला । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

Advertisement

अन्य दुईको पहिचान हुन सकेको छैन। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति सवा १० बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ।

ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ।

More News last news
Loading...