बसन्त र मेलिनाको धमकेदार नयाँ गीत ‘पाउमा पाउजु’ बजारमा (भिडियो)

काठमाडौँ । वरिष्ठ संगीतकार बसन्त सापकोटाको शब्द संगीतमा रहेको नयाँ गीत ‘पाउमा पाउजु छमछम’ बजारमा आएको छ। उक्त गीतमा पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राइले सुमधुर स्वर दिएकी छन् ।

बसन्त सापकोटाको नयाँ गीतमा “पाउमा पाउजु छमछम, मेरो हातमा चुरा खनखन, शिरमा सिरफुल लगाउँदा खूशी हुन्छ यो मन, म त नेपालकी छोरी सुहाउँछ रे गुन्यू र चौबन्दी चोली”, जस्ता दर्शक तथा स्रोताको मनमा छिट्टै बस्ने खालका क्याची शब्दहरु रहेका छन्।

Advertisement

निर्देशक प्रितम पौडेलले निर्देशन गरेको गीतको म्युजिक भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन् भने भिडियोमा सिम्रन पौडेल, सपना खड्का, अञ्जु विश्वकर्मा र मल्लिक शाहीको अभियन रहेको छ। ‘पाउमा पाउजु’ गीत दिपेन्द्र पौडेलले बजारमा ल्याएका हुन् ।

गीतको भिडियो बसन्त सापकोटा अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतको म्युजिक भिडियो

More News last news
Loading...