प्रधानमन्त्रीको गृह जिल्लामा राप्रपाको कडा प्रदर्शन

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले शनिबार मोटरसाइकल र्‍याली निकालेको छ।

राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्रको पक्षमा राप्रपाले झापामा प्रदर्शन गरेको हो।

Advertisement

काँकरभिट्टाबाट अपरान्ह सुरु भएको र्‍यालीमा ठूलो संख्यामा कार्यकर्ताहरु सहभागी भएका थिए।

उनीहरुले गणतन्त्रविरुद्ध र राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए। प्रर्दशनमा नेपाललाई हिन्दूराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघीयता खारेजीको माग गरेका थिए।

बिर्तामोड आयोजित संक्षिप्त कोणसभामा राप्रपा नेता राजेन्द्र लिङ्देनले नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता जनताको चाहना नभएको दावी गर्दै अब राजसंस्थासहितको हिन्दूराज्य र हालको व्यवस्था परिवर्तन गरी केन्द्रीकृत व्यवस्था स्थापना गर्ने आन्दोलनको नेतृत्व राप्रपाले गर्ने उद्घोष गरेका थिए।

देशले अब योभन्दा बढी बर्बादी थाम्न नसक्ने भन्दै उनले गणतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार मौलाएको बताए।

More News last news
Loading...