दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपा सचिवालयको निर्णय

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ।

Advertisement

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं । यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ।’

सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो।

More News last news
Loading...