हुम्लामा बिरामी बोकेको जीप दुर्घटना: ४ को मृत्यु, ७ घाइते

काठमाडौँ । हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छ।

हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट जाँदै गरेको लु २ च २१०२ नम्बरको जीप राति ११ बजे डाँडाफयामा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ।

Advertisement

दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन।

उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।

More News last news
Loading...