विदेशी विनिमयदरः कुन देशको बढ्यो, कुन देशको घट्यो ? हेर्नुहोस्

काठमाडौँ । नेपालमा बिदेशी मुद्राको विनिमयदर केही देशको बढेको छ भने केहीको स्थिर छ।

त्यस्तै आज बुधबार नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३८ पैसा तोकेको छ।

Advertisement

त्यस्तै, युरोपियन युरो १ को खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९ पैसा रहेको छ।

युके पाउण्ड स्टलिङ्ग १ को खरिददर १५८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५६ पैसा रहेको छ।

यस्तै, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकेको छ।

यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ७ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा छ।

मलेसियाको रिंगिट एकको खरिददर २९ रुपैयाँ १ पैसा बिक्रीदर २९ रुपैयाँ १६ पैसा पुगेको छ।

More News last news
Loading...