काठमाडौँ । चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहमा सफल रुपमा अवतरण गरेको छ। चन्द्रमाको ढुंगा ल्याउने प्रयासमा रहेको यान सफल रुपमा अवतरण भएको हो।
गएको नोभेम्बर २३ तारिखमा पृथ्वीबाट गएको अन्तरिक्ष यान गएराति चन्द्रमाको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ।
अन्तरिक्ष यानको ल्यान्डरले केही दिन चन्द्रमा वरपरको क्षेत्र अवलोकन तथा सामग्री सङ्कलन गर्ने छ। मानवरहीत यो यानले चन्द्रमाबाट केही ढुँगा संकलन गरी पृथ्वीमा फर्कने छ।
चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भए त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। च्याङ्ग‘ई ५ नाम दिइएको यो यान चन्द्रमामा अवतरण गर्दाका तस्बिर सार्वजनिक गरिएको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ।
यसैबीच, अमेरिकी अन्तरिक्ष संस्था नासाले चीनलाई बधाइ तथा शुभकामना दिएको छ। पृथ्वीमा यसअघि अन्तिमपटक रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
