काठमाडौँ । नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन्। श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ। बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ।
नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन्। स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन्।
उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो।
नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग विसं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन्।
तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो। यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन्।
थप जानकारी भिडियोमा हेर्नुहोस्
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
