काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लाई आज तनहुँमा प्रहरीले गरेको दमन, दुव्र्यवहार तथा गिरफ्तारीको नेपाली कांग्रेस संसदीय दलले आपत्ती प्रकट गरेको छ।
दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस जस्तो प्रमुख एवं जिम्मेवार पार्टीको शीर्ष नेतालाई नियन्त्रणमा लिन निर्देशन गर्ने सरकारको निरङ्कुश एवं अनैतिक कार्य अत्यन्त निन्दनीय एवं खेदजनक रहेको बताएका हुन्।
बिज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस किसिमको अधिनायकवादी कदमको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ। साथै सरकारलाई यस्ता गैरजिम्मेवार र अलोकतान्त्रिक कार्यहरु नगर्न र नगराउन चेतावनी दिन चाहान्छ।’
यस्तै, खाणले घटनामा प्रहरीद्वारा लाठीचार्ज हुँदा करिब आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएको भन्दै उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
