पोखरा । पछिल्लो २४ घण्टामा पोखरामा कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर–१३ की ७८ वर्षीया महिलाको मृत्यु भएसँगै पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । यसअघि ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको सोमबार दिउँसो मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जाएको हो ।
आइतबारमात्र कोरोना पुष्टि भएकी उनलाई पहिलेदेखि नै निमोनियाको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको बुलेटिनमा उल्लेख छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६० पुगेको स्वास्थ्य निर्देशनालयले जाएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
